मनहरी पुस्तकालयलाई युवा नेता अधिकारीको सहयोग

मकवानपुर न्यूज
२१ भाद्र २०७८, सोमबार २०:१३

 

मनहरी सामुदायीक पुस्तकालयलाई युवा नेता दिपेन्द्र अधिकारीले पुस्तक सहयोग गर्नुभएको छ । मनहरी गाउँपालीका वडा न ७ मा हालै स्थापना भएको उक्त पुस्तकालयलाई अधिकारीले १२ थान पुस्तक सहयोग गर्नुभएको हो । सोमबार मनहरीस्थीत कार्यालयमै पुगेर पुस्तकालयका अभियान्ताहरु पुकार सुवेदि र इन्द्रमणी स्याङ्तानलाई उहाँले पुस्तक हस्तान्तरण गर्नुभएको थियो । आफुसँग भएका जीवन उपयोगी पुस्तकहरु अन्य पाठकमाझ समेत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको अधिकारीले बताउनुभयो । उहाँले शिक्षक सेवा आयोग सम्बन्धी तथा विभिन्न पाठ्य पुस्तक र सैद्धान्तीक पुस्तकहरु सहयोग गर्नु भएको छ ।
यता पुस्तकालयका अभियन्ताहरु पुकार सुवेदि र इन्द्रमणी स्याङ्तानले सहयोगी अधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । “पछिल्लो समय बदलिँदो परिवेशका कारण मानीसहरुले पठनपाठनमा खासै चासो राख्न छाडे” स्याङ्तानले भन्नुभयो ,”हाम्रो चाहना सहज र सरल ढङ्गले मानीसलाई पठनपाठनमा उत्प्रेरीत गर्नु हो “। पुस्ताकालय स्थापनाको मूख्य उद्देश्य पनि यहि रहेको उहाँले बताउनुभयो ।
यता अर्का अभियान्ता सुवेदिले सहयोगी दाताहरुलाई आफुसँग भएका पुस्तकहरु सहयोगका लागि आह्वान गर्नुभयो । पुस्तकालयमा भएका अन्य किताब पढ्ने र आफुसँग भएका किताबहरु प्नि सहयोग गर्नाले ज्ञान र पुन्य दुबै प्राप्त हुने उहाँको बुझाई छ । हाल भाडामा लिइएको सानो कोठामा स्थापना भएको मनहरी सामुदायीक पुस्तकालय बिस्तारै फराकीलो र विशाल बनाउने लक्ष्य रहेको सुवेदिले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*