मनहरीको गाउँपालीकाको लाचारपन , प्रशासनीक कामकाजमा प्रविधिक कर्मचारी खटाइने

मकवानपुर न्यूज
२४ श्रावण २०७८, आईतवार २१:०३

मनहरी गाउँपालीकाले प्रशासनिक कार्यका लागि प्राविधिक शाखाका कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । गत साउन २० गते बसेको गाउँपालीकाको कार्यपालीका बैठकले प्रशासनिक कार्यका लागि प्राविधिक शाखाका कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले वडा न १ को प्रशासनिक कामकाजका लागि गाउँपालीकामा कम्प्युटर अपरेटरका रुपमा कार्यरत राजीव बहादुर बानीयालाई वडा सचिवका रुपमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

मनहरी गाउँपालीका १ नं. वडा कार्यालय करीब ६ महिना देखि वडासचिवबिहिन बनेको छ । यसअघि वडा सचिवका रुपमा कार्यरत अमिर दाहाल माथि स्थानीय युवाले हातपात गरे पश्चात वडाकार्यालय सचिवबिहिन बनेको हो । ६ महिनादेखि वडासचिव नभएका कारण प्रशासनिक कामकाजमा समस्या देखिएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि कम्प्युटर अपरेटर बानीयालाई वडासचिवका रुपमा खटाउने निर्णय गरीएको गाउँपालीका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

यता कम्प्युटर अपरेटर बानीयाले आफुलाई सचिवका रुपमा नियुक्त गर्ने कार्यपालीकाको निर्णय प्रति आपत्ती जनाउनुभयो । प्राविधिकका रुपमा कार्यरत कर्मचारीलाई प्रशासनिक कामकाजको विषयमा थाहा नहुने भन्दै उहाँले आपत्ती जनाउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*