निर्माणाधीन कृष्ण मन्दिरमा एमाले नेता श्रेष्ठको सहयोग

मकवानपुर न्यूज
१३ श्रावण २०७८, बुधबार २०:२५

मनहरीमा निर्माणाधीन कृष्ण मन्दिरमा नेकपा एमालेका नेता नारायण श्रेष्ठले सहयोग गर्नुभएको छ । मनहरी गाउँपालीका वडा न ७ मानेडाँडास्थीत निर्माणाधिन कृष्ण मन्दिरलाई एमाले नेता श्रेष्ठले सहयोग गर्नुभएको हो । श्रेष्ठले मन्दिरका निम्ती गजुर सहयोग गर्नुभएको छ । श्रेष्ठले बुधबार एक कार्यक्रमका बिच २० हजार ५ सयको लागतमा ढलौटद्धारा निर्मित गजुर मन्दिर व्यवस्थापन समितीलाई हस्तान्तरण गर्नुभयो ।
मानेडाँडामा निर्माणाधिन अवश्थामा रहेको उक्त मन्दिरको हालसम्म करीब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । हालसम्म ४ लाख बराबरको काम सम्पन्न भएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुपबहादुर खतिवडाले बताउनुभयो । गाउँपालीकाले चालु आर्थिक वर्ष ०७८७९ मा २ लाख रुपैयाँ मन्दिर निर्माणका निम्ती विनियोजन गरेको छ । आगामी दिनमा निर्माणका सम्पुर्ण कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकिय स्थलका रुपमा विकास गरीने जनाइएको छ ।
गजुर हस्तान्तरण कार्यक्रममा पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रघुनाथ रुम्बा, अगुवा किसान गोविन्द अर्याल, व्यवसायी इन्द्रकुमार भोलन, ऋषि बर्तौला लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*