मनहरीमा ‘कोभीड-१९’ दोस्रो लहरमा मात्रै १४ जनाको मृत्यु

विकल्प चौलागाईं
६ श्रावण २०७८, बुधबार ०७:५४

पश्चिम मकवानपुरको मनहरीमा गाउँपालीकामा कोभीड १९ को दोस्रो लहरमा १४ जनाको ज्यान गएको छ । मनहरी ८ सिम्पानीमा अवश्थीत कोभीड अस्पतालका इन्चार्ज तथा सिनियर अ.हे.व. ज्योतीराज लुइटेलका अनुसार यो तथ्याङ्क आर्थिक वर्ष २०७७र७८ को वैशाख देखि श्रावण सम्मको रहेको छ ।
यस्तै हालसम्म मनहरीमा एक हजार आठ सय चौहत्तर जनाको स्वाब परिक्षण गरीएको उहाँले बताउनुभयो । जसमध्ये ८३३ जनाको रीपोर्ट पोजेटिभ आएको बताइएको छ । हाल सम्म ४१४ महिला र ४१९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । पछिल्लो जानकारी अनुसार तिमध्ये ६९७ जना निको भइसकेका छन् । त्यसैगरी १२२ जना हालसम्म सकृय संक्रमीत रहेका छन् ।

यसैबिच अतिआवश्यक अवश्थाका लागि निशुल्क सेवा प्रदान गर्दै आएको कोभिड अस्पताल मनहरीमा १२५ जना भर्ना भएका थिए । जसमध्ये ८९ जना १८ वर्ष भन्दा कम उमेरका बालबालीकाहरु थिए भने अन्यको संख्या ३६ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*