श्रावणको पहिलो सोमबार , भजन किर्तनमा रम्यो बसन्तपुर

मकवानपुर न्यूज
४ श्रावण २०७८, सोमबार २०:४४

आज श्रावण महिनाको पहिलो सोमबार । मनहरी गाउँपालीका वडा न ५ बसन्तपुरमा वृहत भजन किर्तनको कार्यक्रम गरी मनाइएको छ । बसन्तपुरमा अवश्थीत ‘श्री वण्डेश्वर गोरखनाथ गुप्तेश्वर महादेव मन्दिर’को प्राङ्गणमा वृहत भजन किर्तन कार्यक्रमको आयोजना गरीएको हो । ‘श्री वण्डेश्वर महादेव मन्दिर सेवा समिती’को आयोजनामा सञ्चालन भएको कार्यक्रममा ‘माता श्री बालीका’को प्रवचन तथा भजन गायन रहेको थियो । भगवान प्रतीको आस्था कायम राख्न तथा कोरोना कहरमा मानीसलाई भगवानप्रतिको जनचेतना प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरीएको समितीका अध्यक्ष तथा कार्यक्रम व्यवस्थापक दिपक लामाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रवचक तथा भजन गायीका माता श्री बालीका वि.स २०४६ देखि उक्त मन्दिरको सेवा गर्दै आउनुभएको छ । उहाँको विगतलाई स्मरण गर्ने हो भने करीब ७ वर्षको उमेरमा उहाँ माथि भगवानको बास भएको बताउनुभयो । हाल ४८ वर्षको हुनुभयो । मन्दिर भएको स्थानमा निर्माण अघि उहाँले करीब ६ महिना निराहार तपस्या गर्नुभएको स्थानीय केहि वृद्धवृद्धाहरुले बताए । केवल गाईको काँचो दुधको भरमा उहाँले ६ महिना निराहार तपस्या गर्नुभएको स्थानीयको भनाई छ । मन्दिर निर्माण पश्चात हाल मन्दिर र भगवानको सेवामा नै उहाँले आफ्नो जिवन बिताइरहनु भएको छ ।


उहाँको यस अभियानमा सहयोग पुर्याउने तथा व्यवस्थापनको सम्पुर्ण पाटाहरु हेरचाह गर्ने अर्का व्यक्ति हुनुहुन्छ ‘श्री वण्डेश्वर महादेव मन्दिर सेवा समिती’का अध्यक्ष दिपक लामा । उहाँले पनि करिब १६ वर्षको उमेर देखि मन्दिरको सेवा गर्दै आउनुभएको छ । उहाँले हाल अन्दाजी ४ कठ्ठा क्षेत्रफलमा अवश्थीत उक्त मन्दिर प्राङ्गणमा विभीन्न संरचनाहरुको निर्माणमा योगदान दिनुभएको छ । उमेरले हाल ३१ वर्षका दिपकले पनि आफ्नो जिन्दगी मन्दिर र भगवानलाई नै सुम्पीसकेको बताउनुहुन्छ । पेशाले निर्माण व्यवसायीको रुपमा परिचीत दिपकले आफुले आर्जन गरेको सम्पुर्ण सम्पती मन्दिरकै संरचना तथा व्यवस्थापनमा खर्चिदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ , ‘अल्लारे भएर हिड्ने उमेरमा भगवानको भजन किर्तनमा रमाएँ । विवाहवारी पनि भएको छैन । अब त सांसारीक मोहमाया पनि त्यागीसके । बाँकि जिन्दगी भगवानलाईनै समर्पण गरेको छु । यहि मन्दिरलाई राष्ट्रको सामु चिनाउने मन छ । अब त जिन्दगीको सपनानै यहि मन्दिर हो ‘।

विवाहवारी गरी परीवारसँग रमाउने उमेरमा ‘दिपक लामा’ र नाती नातीनासँग बुढ्यौँली कटाउनु पर्ने उमेरमा ‘माता श्री बालीका’ , दुबै पात्र आज भगवानप्रति नतमस्तक भएका छन् । दुबैजना सांसारीक मोह माया बाट टाढा छन् । धार्मीक आस्था र भगवानको सेवामा आफ्नो जिन्दगी सुम्पेका छन् । यीनको यो अभियानमा हामी सबैले साथ दिउँ । भवीष्यमा यी पात्रहरु भावी सन्ततीका निम्ती र यो क्षेत्रकै निम्ती एउटा इतिहाँस बन्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*