सांसद पदबाट एमाले नेता भीम रावलको राजीनामा

मकवानपुर न्यूज
३ श्रावण २०७८, आईतवार १९:००

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् ।

नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन् ।

“राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो,” उनले भनेका छन्, “राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि अधिकतम प्रयत्न पनि गरेँ । अनियन्त्रित राजनीतिक स्वेच्छाचारी व्यवहार र षडयन्त्रका कारण पनि राजीनामा दिएको हुँ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*