मनहरीको हाँडिखोलामा सुपथ मुल्य फार्मेसी

मकवानपुर न्यूज
१ श्रावण २०७८, शुक्रबार २१:२६

मनहरी गाउँपालीकामा सुपथ मुल्य फार्मेसीको समुद्दघाटन भएको छ । मनहरी गाउँपालीका वडा न ३ हाँडिखोलामा सुपथ मुल्य फार्मेसीको समुद्दघाटन भएको हो । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला विष्टले संयुक्त रीवन काटेर सुपथ मुल्य फार्मेसीको उद्घाटन गर्नुभयो । वडा न ३ मा रहेको हाँडिखोला स्वास्थ्य चौकिको भवनमा उक्त फार्मेशीले सेवा बिस्तार गर्न लागेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष उप्रेतीले हाँडिखोलामा फार्मेसी सञ्चालनमा आउनु गौरवको कुरा रहेको बताउनुभयो । यस्तै उहाँले स्वास्थ्य सेवामा खटिएका सम्पुणर््ा स्वास्थ्यकर्मिहरुलाई कार्य विभाजन गरी सहज ढङ्गले सेवा विस्तार गर्न आग्रह गर्नुभयो । सरसफाइमा उचीत व्यवस्थापन नभएको टिप्पणी गर्दै उहाँले आगामी दिनमा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य चौकी प्रशासनको ध्यानाकर्षण समेत गराउनुभयो ।

यता कार्यक्रमका विशिष््ट अतिथी तथा उपाध्यक्ष विष्टले व्यवस्थापनको लामो यात्रा पार गरे पश्चात आफ्नो सपना पुरा भएको स्मरण गर्नुभयो । गाउँपालीकाको दुर्गम वडाहरु समेटिएको साविक हाँडिखोला गाविसमा हाल सम्म फार्मेशी अभावका कारण अतिआवश्यक औषधिहरुका लागि हेटौँडा वा मनहरी बजार धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । हाँडिखोलाबाट सेवा विस्तार गर्ने उक्त फार्मेसीले औषधीका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने उहाँको भनाई छ । यस्तै उहाँले फार्मेसी सेवा विस्तारको सुरुवाती चरणमा अफ्ट्यारो बाताबरण श्रृजना हुन सक्ने भन्दै व्यवस्थापन समितिलाई सकृयता बढाउन निर्देशन समेत दिनुभयो । यस्तै उहाँले समय समयमा दक्ष चिकित्सकलाई प्रत्येक वडाका स्वास्थ्य चौकिमा व्यवस्थापन गरी स्थानीयको शारीरीक चेकजाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता जनाउनुभयो ।

हाँडिखोला स्वास्थय चौकिमा आयोजीत कार्यक्रममा गाउँपालीका स्वास्थ्य शाखा प्रमुख टिका अधिकारी , हाँडिखोला स्वास्थय चौकिका व्यवस्थापक नाथु प्रसाद चौधरी , मनहरी स्वास्थ्य चौकिका व्यवस्थापक शिवराम बाँनिया लगायतले स्वागत मन्तब्य राख्नुभयो । कार्यक्रममा वडा न ३ का वडासदस्य राधा पाठक ,वडा न ४ का सचिव विदुर पाठक, स्थानीय अगुवाहरु बालमुकुन्द ढकाल , सञ्जिव पाठक , कृष्ण प्रसाद पौडेल र स्वास्थ्यकर्मीहरु निर्मला अधिकारी , ज्योतीराज लुइटेल लगायत स्थानीयहरुको उपश्थीती रहेको थीयो ।

मनहरी गाउँपालीकाको २ लाख लगानीमा सेवा विस्तार गर्न लागीएको सुपथ मुल्य फार्मेसीले आगामी दिनमा मनहरी गाउँपालीका वडा न १,२,३ र ४ का स्थानीयबासीका लागि सहज हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*