अशक्त बालीकालाई उपाध्यक्षको बाचा :-‘सम्भव भएसम्म उपचार गरेरै छाड्छौँ’ ।

मकवानपुर न्यूज
६ असार २०७८, आईतवार १९:४४

मनहरी गाउँपालीका वडा न ६ निवासी सुनीता तामाङ केहि समयदेखि अशक्त भएकि छिन् । १७ वर्षिय सुनीताको तिघ्रामा देखिएको यो घाउबाट उनी प्रताडित भएको करिब डेढ वर्ष भयो । सुरुमा सानो गाठो जस्तो देखिएको थियो । पछि घाउ बढ्दै गएर यस्तो विकराल रुप देखियो । हाल उनी १० कक्षामा अध्ययनरत छिन् । उनका बा सुकमान तामाङका अनुसार उनीहरुको आर्थिक अवश्था कमजोर छ । सम्पत्तीको नाममा एक टुक्रो जमीन सम्म छैन । हाल उनी बस्दै आएको बाँसको टहारा पनि आफन्त पर्ने मान्छेले उनलाई दिएका हुन् ।
ज्याला मजदुरी गर्दै जसोतसो परिवार चलाउँदै आएका उनलाई छोरीको उपचार गर्न हम्मे हम्मे पर्यो । जसो तसो राहत संकलन गरेरै भएपनि हालसम्म छोरीको उपचारमा २ लाख भन्दा बढि खर्च गरीसके । उपचार त सम्भव भएन नै रोग समेत पनि पत्ता लाग्न सकेन । कोरोना महामारीको यो घडिमा अस्पतालले भर्ना लिन पनि आनाकानी गर्छ । समग्रमा कोरोना महामारीको यो घडिमा अस्पतालले भर्ना लिन पनि आनाकानी गर्छ । समग्रमा समस्यानै समस्याको जन्जीरले बाँधीएका छन् उनी ।

नगरीकता बनाउन उपाध्यक्षको सहजीकरण :
आइतबार सुनीताको नागरीकता बनाउने प्रक्रियामा मनहरी गाउँपालीका उपाध्यक्ष मनिला विष्ट तथा स्थानीय जनप्रतिनिधी सहितको टोली बिहानै उनको घर पुगे । उनलाई लिएर वडा न ६ को वडाकार्यालयमा पुगी आवश्यक प्रक्रिया पुरा गरे । त्यसपछि उनका बुवालाई समेत साथमा लिई जिल्ला प्रसासन कार्यालयमा गई नागरीकता बनाउने काम सम्पन्न भयो ।
नागरीकता बनाएपछि विभिन्न कार्यमा सहज हुने उपाध्यक्ष विष्टले आश्वासन दिनुभयो ।


सम्भव भएसम्म उपचार गरेरै छाड्छौँ उपाध्यक्ष विष्ट :


उहाँले सम्भव भएसम्म उपचार गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो ”गरिब तथा असहाय बालबालीकाको निम्ती गाउँपालीकाले उपाध्यक्षको संयोजकत्वमा कोष निर्माण गरेको छ । त्यसैले सुनीताको उपचारबाट हामी पछि हट्दैनौँ । सम्भव भएसम्म उनको उपचार सम्पन्न गरेर सुनीताको ओठमा मुस्कान ल्याएर छाड्छु ”।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*