मनहरीमा ऐलानी जग्गा नापी कार्यको शुभारम्भ

मकवानपुर न्यूज
२४ जेष्ठ २०७८, सोमबार ०७:१२

 

मनहरी गाउँपालीकाले ऐलानी जग्गा नापी कार्यको शुभारम्भ गरेको छ । आइतबार पश्चिमी भेगको वडा न ६ प्रतापपुर तथा पुर्वी भेगको वडा न १ चकरीबाट नापी कार्यको शुभारम्भ गरीएको हो । वडा न १ र वडा न ६ का वडाध्यक्षहरु क्तमश ः शिव प्रसाद खनाल र गोपी लामाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा गाउँपालीका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मनिला विष्टको विशेष आतिथ्यता रहेको थियो रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष एकराज उप्रेतीले सम्पुर्ण स्थानीयलाई यस कार्यमा एकजुट भई सहयोग गर्न आग्रह गर्नुभयो । गाउँपालीकाको गौरबको कार्यक्रम भएकाले सम्पुर्ण वडाका प्रतिनिधी तथा सहजिकरण समितीलाई समेत यस कार्यक्रममा आवश्यक सहयोग गर्न जोड दिनुभयो ।

यता विशेष अतिथी समेत रहनुभएकि उपाध्यक्ष विष्टले आफुहरुले निर्वाचीत हुँदा गरेको बाचा पुरा हुन लागेको बताउनुभयो । घोषणापत्रको कुरा व्यवहारमा लागु गर्न आफु प्रतिबद्ध भएको उहाँको भनाई छ । यस कार्यलाई प्रकृयागत रुपमा अघि बढाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ” पहिलो चरणमा स्थलगत अनुगमन गरी ९ सय ४४ विगाहा सार्वजनिक जग्गा रहेको अनुमान गरेका छौँ , अब नापीले यकिन तथ्याङ्क निकाल्नेछ ,त्यसपछि हामी त्यसलाई संरक्षण तर्फ लाग्नेछौँ ”। यस कार्यमा विभिन्न विवाद आउन सक्ने भन्दै उहाँले भन्नुभयो , ”ऐलानी जग्गा नापी गर्दा विवाद आउन सक्छ , यद्यपी हामी त्यसलाई समाधान गरेर नै अघि बढ्छौँ ”।

कार्यक्रममा उपश्थीत वडाध्यक्षहरुले पनि यस कार्यमा आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधी , विभिन्न दलका प्रतिनिधी , समाजसेवी लगायत स्थानीय मानीसहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण गाउँपालीका सामाजीक शाखाका प्रमुख राजेन्द्र प्र.चौलागाईंले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*