मनहरीमा साहाराबिहिन एकल महिलालाई २ कोठे भवन हस्तान्तरण

मकवानपुर न्यूज
१८ जेष्ठ २०७८, मंगलवार २१:०५

पश्चीम मकवानपुरको मनहरी गाउँपालीकामा एकल महिलालाई घर निर्माण गरी हस्तान्तरण गरीएको छ । मनहरी गाउँपालीका वडा न ३ सीद्धकालीकी एकल महिला मंगलीमाया विश्वकर्मालाई घर निर्माण गरी हस्तान्तरण गरीएको हो । गाउँपालीकाले स्थापना गरेको “उपाध्यक्षसँग असहाय महिला तथा बालिका न्याय कोष” बाट उक्त घर निर्माण गरिएको कोषका संयोजक तथा गाउँपालीका उपाध्यक्ष मनिला विष्टले जानकारी दिनुभयो । एक लाख असी हजारको लागतमा २ कोठे भवन तथा भान्सा र शौचालय सहितको घर निर्माण गरीएको उपाध्यक्ष विष्टको भनाई छ ।
उक्त कोषका लागि प्रत्येक वर्ष १० लाख भन्दा बढि बजेट छुट्याईंदै आएको छ । कोषका लागि विनियोजित बजेट असहाय महिलाहरुको आवास निर्माण तथा औषधि उपचारका निम्ती सहयोग गर्दै आएको उपाध्यक्ष विष्टले बताउनुभयो । यस अघि पनि उक्त कोषबाट वडा न ९ निवासी एकलमहिला कान्छिमाया थिङलाई भवन निर्माण गरि हस्तान्तरण गरिएको थियो । यस बाहेक कोषको रकमबाट विभिन्न महिला तथा बालिकाको उपचारमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

मंगलीमाया विश्वकर्माको अवश्था :

६९ वर्षिय एकलमहिला मंगलीमाया खर र प्लास्टीकले छाएको घरमा बस्दै आएकि थिइन् । उनका श्रीमानको २५ वर्ष पहिले मृत्यु भएको थियो । उनका ४ छोरी र २ छोराहरु थिए । उनले बालबच्चाको लालन पालन गर्दै ४ छोरीहरुको बिहेवारी गरे । बाँकि रहेका २ छोरामध्ये एक छोराले बिहेवारी गरी छुट्एिर अन्तै बस्दै आएका छन् । अर्का एक छोरा अपाङ्ग छन् ।
ति अपाङ्ग छोरा पहिले गाडिमा सहचालकको काम गर्थे । पछि दुर्घटनामा परि उनी अपाङ्ग भए । अपाङ्ग भएपछि उनकी श्रीमतीले पनि उनलाई छाडेर गईन् । हाल पत्नि वियोगमा छोरा मानसीक रोगको सिकार भएका छन् । अपाङ्ग र मानसीक रोगले ग्रस्त छोराको जिम्मेवारी हालसम्म पनि वृद्ध मंगलीमायाको काँधमा छ । सबैतिरबाट साहाराविहिन हुन पुगेकि मंगलीमायालाई गाउँपालिकाले हस्तान्तरण गरेको नयाँ भवनले धेरै भरथेग भएको उनले बताएकि छिन् ।

यता उपाध्यक्ष विष्टले भवन निर्माण कार्यमा सहयोग गर्नुहुने वडा न ३ का वडासदस्य उमा नेपाली , स्थानीयहरु इमान थिङ र पुर्ण थिङलाई धन्यवाद दिनुभयो । भवन हस्तान्तरण कार्यक्रममा गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सर्मा , गाउँपालीकाका प्रतिनिधिहरु राजेन्द्र प्रसाद चौलागाईं , दिपक अधिकारी , विदुर पाठक लगाायतको उपपश्थीती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*