मनहरीमा आजबाट कोभिड अस्पताल सञ्चालनमा

विकल्प चौलागाईं
२० बैशाख २०७८, सोमबार १८:३९

 

मनहरी गाउँपालिकाले कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

मनहरी(८,सिमपानीमा गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि १२ बेडको अस्पताल संचालनमा ल्याएको हो । गाउँपालिकामा संक्रमितको संख्या बढेको र स्वास्थ्यमा समस्या भएका संक्रमितको उपचार गर्नको लागि अक्सिजन सहितको कोभिड अस्पताल संचालनमा ल्याईएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

हाल गाउँपालिकाले १२ बेडको अस्पताल संचालनमा ल्याएको र यसलाई ३० बेड सम्म संचालन गर्न सकिने अध्यक्ष उप्रेतीले बताए ।

मनहरी गाउँपालिकामा हालसम्म २ सय ६० जनामा कोरोना पुष्टि भएकामा २ सय ११ जना निको भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । उनका अनुसार मनहरीमा हालसम कोरोनाको कारण २ जनाको ज्यान गएको छ । मनहरीमा आजको दिनमा ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*