अपाङ्गता भएकालाई भत्ता वितरण गर्न घरदैलोमा जनप्रतिनिधी

मकवानपुर न्यूज
३ बैशाख २०७८, शुक्रबार ०८:२२

 

मनहरी गाउँपालीकाले अपाङ्गता भएका व्यक्तिहरुलाई घर दैलोमै पुगेर सामाजीक शुरक्षा भत्ता वितरण अभियान सुरु गरेको छ । विहिबार गाउँपालीका उपप्रमुख मनिला विष्ट नेतृत्वको टोलीले घरमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरेको हो । मनहरी गाउँपालीका वडा न ६ बस्ने ललित बहादुर मुक्तानलाई सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गर्दै आएको भत्ता घरमै पुगी वितरण गरीएको उपप्रमुख विष्टले बताउनुभयो ।

गाउँपालीका कार्यालयबाट करिब १० किलोमिटर पर मनहरी बजार र बजार बाट करिब १९ कि.मी उत्तरतर्फ ग्रामिण भेगमा मुक्तानको घर छ । अपाङ्ग मुक्तान करिब ३ वर्षदेखि हिँडडुल समेत गर्न नसक्ने अवश्थामा थिए । यसअघि सामाजीक सुरक्षा भत्ता वापतको रकम बुझ्न २–३ जना सहयोगीको साथमा यती लामो दुरीको यात्रा तय गर्नु पर्ने बाध्यता थियो मुक्तानलाई । हाल गाउँपालीका बाटै घरघरमा पुगेर भत्ता बितरण गर्ने अभियान थालेपछि आफुलाई सजिलो भएको भन्दै खुशी व्यक्त गरे ।

यता उपप्रमुख विष्टले पनि आफु अपाङ्गता भएका व्यक्ति , जेष्ठनागरीक लगायतका असक्त व्यक्तिहरुलाई सहयोग गर्दै आफ्नो दिनचर्या बिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त स्थलगत भत्ता वितरण कार्यक्रममा गाउँपालीका महिला तथा बालबालीका शाखाकी शान्ती अधिकारीको पनि सहभागीता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*