पर्यटकिय गन्तब्य बन्दै मनहरी-मकवानपुर न्युज

मकवानपुर न्यूज
१ बैशाख २०७८, बुधबार १९:५०

 

पश्चिम मकवानपुरको मनहरी गाउँपालीका पर्यटकिय गन्तब्यको रुपमा विकास हुँदै गएको छ । मनहरी गाउँपालीका वडा न ४ मा बुधबार उद्घाटन भएको खड्का बहुउद्देश्यीय कृषि फर्म प्रा.ली पर्यटकीय आकर्षणका लागी उद्गम विन्दु बन्न सक्ने अाँकलन गरीएको छ । बागमती प्रदेशका भुमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्दै उक्त कुरा बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कृषिमा गाउँपालीकाका सम्पुर्ण क्षेत्रले थप सम्भावना बोकेको बताउनुभयो । व्यक्तिगत लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएको उक्त कृषि फर्मले पर्यटकलाई आकर्षण पार्ने बताउनुभयो ।
उक्त कृषि फर्मका प्रोपाइटर पवन खड्काका अनुसार हाललाई शुविधा सम्पन्न होटल तथा रिसोर्ट निर्माण गरीएको जानकारी दिनुभयो । पोखराको प्रसिद्ध तालबाराहि मन्दिरकै ढाँचामा पोखरीको बिचमा बसेर खाजा नास्ता खाने प्रबन्ध पनि मिलाईएको उहाँले बताउनुभयो । हाललाई पोखरीको सयर गर्न दुई वटा डुङ्गाको पनि व्यवस्था मिलाइएको छ ।
उद्घाटन कार्यक्रममा मनहरी गाउँपालीका अध्यक्ष एकराज उप्रेती , कृषि ज्ञान केन्द्र मकवानपुरका प्रतिनिधी लगायतको उपश्थीती रहेको थियो । कार्यक्रममा खड्का बहुउद्देश्यीय कृषि फर्म प्रा.ली का अध्यक्ष तथा मनहरी ४ का वडाध्यक्ष धुर्व खड्काले सभाध्यक्षता ग्रहण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*