मनहरीमा महिला सशक्तिकरण विषयमा वृहतअन्तरकृया

मकवानपुर न्यूज
१८ चैत्र २०७७, बुधबार २१:०४

 

मनहरी गाउँपालीकामा विभिन्न संघ संस्थाका प्रतिनीधी र जनप्रतिनिधिबिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । “महिलाको लागी सामाजीक र आर्थिक सशक्तिकरण किन अपरीहार्य “? शिर्षकमा विभिन्न संघ संस्थाका प्रतिनीधी र जनप्रतिनिधिबिच अन्तरकृया भएको हो । मनहरी गाउँपालीकाको आयोजना र ‘डब्लुु.पि.डि नेपाल’ , ‘वलर््ड एकर्ड’ र ‘गभरमेन्ट अफ क्यानडा’को सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएकि गाउँपालीका उपाध्यक्ष मनीला विष्टले पिछडिएका महिलाहरुलाई सशक्त बनाउने अभियानमा गाउँपालीका लागी परेको बताउनुभयो । पिछडिएका तथा सिमान्तकृत महिलाहरुको लागी सिलाई–बुनाई तालीम लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको उहाँको भनाई छ । कृषिमा आत्मनिर्भर बनेका गाउँपालीकाका अधिकांश महिलाहरुका निम्ती पनि विभीन्न समयमा आवश्यक अनुदानहरु वितरण गर्दै हौषला बढाउने काम गरेको उहाँले जिकिर गर्नुभयो ।

वडाअध्यक्षहरुले पनि पिछडीएका महिलाहरुका लागी गाउँपालीकामा निरन्तर आवाज उठाउँदै आएको बताए । वडा न १ का वडाअध्यक्ष शिव खनालले महिलालाई हेर्ने दृष्टिकोणमा घर बाटै परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो , “जबसम्म एउटा महिलाले घरमा सम्मान पाउँदिनन् तबसम्म समाजले समेत हेयको दृष्टिकोणले हेर्नेछ , तसर्थ प्रत्येक घरदेखि नै यो अभियानलाई सञ्चालन गर्नु पर्नेछ’’ ।

यता वडा न ३ का वडाअध्यक्ष विष्णु बहादुर थिङले पनि समाजमा अझै महिलालाई हेर्ने नजर नफेरीएको बताउनुभयो । महिला सशक्तीकरणको ठुल–ठुला नारा लाएर भाषण गरेपनि यसलाई जरै देखि निर्मुल पार्न अझै समय लाग्ने उहाँले स्वीकार गर्नुभयो ।

वडा न ४ का वडाध्यक्ष ध्रुब खड्काले भने विभिन्न समयमा पिछडिएका महिलाहरुको निम्ती गाउँपालीकामा बजेट माग गर्दै आएको बताउनुभयो । आफ्नो क्षेत्रमा अधिकांश पिछडिएका तथा सिमान्तकृत समुदायको बास भएकाले सो समुहलाई नै लक्षीत गरी कार्यक्रमहरु सञ्चालन गरीएको उहाँको भनाई छ ।

मनहरी गाउँपालीका वडा न ९ रजैया स्थीत क्लब भवनमा सञ्चालन भएको उक्त कार्यक्रममा सोहि भेगमा प्रतिनिधित्व गर्दै सञ्चालन भएका संघ–संस्थाका ३० जना भन्दा बढि प्रतिनिधीहरुको उपश्थीती रहेको थियो । कार्यक्रमको सहजीकरण देवकि ढुङ्गानाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*