अनेम संघ मनहरीको भेला सम्पन्न , ढुङ्गानाको अध्यक्षतामा ५१ सदस्य कमिटि गठन

मकवानपुर न्यूज
१५ चैत्र २०७७, आईतवार ०८:०४

 

अखिल नेपाल महिला संघ मनहरीको गाउँपालीका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार मनहरी गाउँपालीका वडा न ९ रजैयामा भेला सम्पन्न भएको हो । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता रहेको भेलामा मनहरी गाउँपालीका उपाध्याक्ष मनिला विष्टले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो । भेलामा नेकपा एमाले मकवानपुरका सहसचिव एवं हेटौँडा उपमहानगरपालीकाकी उपमेयर मिना लामा , जिल्ला समन्वय समितीकी उपप्रमुख भगवती पुडासैनी , नेकपा एमाले मनहरीका सचिव नारायण श्रेष्ठ एवं जिल्ला कमिटी सदस्यहरु गैतम लामा , सिता विष्ट , चन्द्रा भुसाल लगायतको उपश्थीती रहेको थियो ।


भेलाले देवकि ढुङ्गानाको अध्यक्षतामा ५१ जना सदस्य सहितको कमिटि गठन गरेको छ । संघको उपाध्यक्षमा पवित्रा कार्कि र गुरास राई चयन भएका छन् । यसैगरी कोषध्यक्षमा विष्णुमाया तितुङ र सहसचिवमा मनिसा स्याङ्तान चयन भएका छन् ।

चयन भएका सम्पुर्ण नया सदस्यहरुलाई उपश्थीती अतिथीहरुले खादा र टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*