संसदिय दलको बैठकमा सहभागी हुदै माधव नेपाल समुह : Makwanpurnews

मकवानपुर न्यूज
१३ चैत्र २०७७, शुक्रबार १५:०७

नेकप एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाएको संसदीय दलको बैठकमा नेता माधवकुमार नेपाल समूहका नेताहरु जाने भएका छन्। यसअघि नेपाल र झलनाथ खनाल समूहका नेताहरु ओलीले बोलाएको बैठकमा सहभागी नहुने अडानमा थिए। यसअघिको बैठक बहिस्कार गरेपछि ओलीले नेपाल सहित चार नेतालाई कारवाही गरेको थियो। त्यसैले आज बैठकमा जाने नजाने बारेमा नेपाल समूह अन्यौलमा थियो।

कलंकीमा बसेको माधव समूहको केन्द्रीय कमिटीको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो। आफ्ना असन्तुष्टी सहित बैठकमा सहभागी हुने निर्णय भएको नेपाल समूहका नेता जीवन राम श्रेष्ठले जानकारी दिए।

‘हामीले यसअघि पनि आफ्ना असन्तुष्टी राखिसकेका छौ। आज पनि विभिन्न माग राखेर सहभागी हुन्छौं,’ उनले भने।

यसअघि बालुवाटारमा चैत ७ गते बसेको संसदीय दलको बैठकलाई नेपाल समूहले बिहस्कार गरेको थियो। नेपाल समूहले केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्युरो बैठकको माग राखेर संसदीय बैठकमा सहभागी हुने नेताहरुको तयारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*