पत्रकार महासंघ मकवानपुर शाखामा अधिकारीको उमेद्दवारी : makwanpurnews

पत्रकारिता क्षेत्रलाई मर्यादित ढङ्गले अगाडी बढाउनु पर्ने बताउँदै पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण बदल्न जरुरत रहेको बताए । उनले भने , पत्रकार आउने बित्तिकै आतंकवादी आयो भनेर हाम्रो समाजले महशुस गर्नु हुदैनन् । किनभने हामीले पब्लिक र प्राईभेट म्याटरबीचको भिन्नता छुट्याउनु पर्छ । कसैका व्यक्तिगत कमिकमजोरी खोज्ने हैन ,व्यक्तिगत कमिकमजोरले यदि कसैको समुदायलाई असर पर्छ भने त्यो हाम्रो एजेन्डा हुनुपर्छ । समाचार बाहिर ल्याउनुपर्छ ।
मकवानपुर न्यूज
८ चैत्र २०७७, आईतवार ११:२३

नेपाल पत्रकार महासंघको आउँदो चैत २५ निर्वाचनमा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको निर्वाचनमा बालकृष्ण अधिकारीको नेतृत्वमा निर्वाचनमा जाने भएको छ ।

शुक्रबार राति पूर्वी मकवानपुरको बागमती(६ को फर्सेनीमा भएको प्रेस चौतारी मकवानपुरको विस्तारित बैठक तथा भेलाले चौतारीका प्रदेश सस्दस्य अधिकारीलाई आउँदो निर्वाचनमा अध्यक्षको पदमा उठाउने निर्णय गरेको हो ।

विगत २० वर्ष देखि विभिन्न संचारमाध्यममा आबद्ध प्रदेश सदस्य पत्रकार अधिकारी हाल कान्तिपुर टेलिभिजनको मकवानपुर संवाददाता र हेटौंडा स्थित टिम टेलिभिजको समाचार प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

शुक्रबारको बैठकमा बोल्दै चौतारीका प्रदेश सदस्य अधिकारीले आफ्नो टिम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नेतृत्वमा आउँदा श्रमजीवि पत्रकारहरुको हकहितको लागि काम गर्न तयार रहेको बताए । उनले आफु नेतृत्वमा आउँदा आफ्नो पहिलो एजेन्डा श्रमजीवि पत्रकारहरुको पृष्ठपोषण गर्ने र संचारगृहहरुको सवलिकरण गर्ने कार्ययोजना रहेको बताए । अधिकारी भन्छन्,‘संचारगृहहरुको सवलिकरण भएनन् भने ति संचारगृहहरुले श्रमजीवि पत्रकारहरुलाई तलब दिनसक्ने वातावरण बन्दैनन् ।’

मकवानपुरको सन्दर्भमा मकवानपुरमा श्रमजीवि पत्रकारहरुले संचालन गरेको संचारगृहहरुमा व्यक्ति,संघसंस्थाहरुले विज्ञापन छाप्न लगाउने तर विज्ञापनको भुक्तानी समयमा नगर्ने परिपाटीले सास्ती खेप्नु परेको समस्या रहेको बताउँदै उनले आफ्नो नेतृत्वमा आएको टिमले त्यो समस्यालाई आफै गएर भुक्तानी उठाउने काम गर्ने समेत बताए । उनले सम्बन्धितहरु संग सम्झौता गरेर मात्र विज्ञापन छाप्नुपर्ने बताए ।
उनले आफु महासंघको नेतृत्वमा आउँदा संचारगृहरुले विज्ञापनको पैसा उठानन नसक्ने र श्रमजीवि पत्रकारलाई श्रममा लगाएर तलब दिन नसक्ने परिपाटीको अन्त्य गर्न अग्रसर हुने बताए ।

उनले पत्रकारिता क्षेत्रलाई मर्यादित ढङ्गले अगाडी बढाउनु पर्ने बताउँदै पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण बदल्न जरुरत रहेको बताए । उनले भने , पत्रकार आउने बित्तिकै आतंकवादी आयो भनेर हाम्रो समाजले महशुस गर्नु हुदैनन् । किनभने हामीले पब्लिक र प्राईभेट म्याटरबीचको भिन्नता छुट्याउनु पर्छ । कसैका व्यक्तिगत कमिकमजोरी खोज्ने हैन ,व्यक्तिगत कमिकमजोरले यदि कसैको समुदायलाई असर पर्छ भने त्यो हाम्रो एजेन्डा हुनुपर्छ । समाचार बाहिर ल्याउनुपर्छ ।

उनले पत्रकारिता क्षेत्रमा आएका नयाँ पुस्तालाई क्षमता अभिवृद्धिको तालिमको आवश्यक रहेको भन्दै त्यस तर्फ आफुहरुको ध्यान गएको बताए । उनले हालको महासंघको नेतृत्वले सुरु गरेको पत्रकार उपचार कोष हाल पत्रकारले मात्र काषबाट उपचार गर्न पाउने अवस्था रहेको बताउँदै उनले आफु नेतृत्वमा आउँदा आउँदो दिनमा कोषलाई बढाएर कोषबाट पत्रकारको परिवारको सदस्यलाई समेत उपचार दिनसक्ने वातावरण बनाउने योजना रहेको बताए ।

उनले श्रमजीवि पत्रकारहरुले तलब नपाएको र परिवारको सदस्यहरु बिरामी पर्दा उपचार गर्न समस्या पर्ने गरेको समस्याहरु आईपर्ने बताउँदै महासंघले त्यस समस्या समाधान गर्न तर्फ ध्यान जाने बताए । उनले जिल्लामा रहेका पत्रकारहरुको व्यक्तिगत समस्यामा व्यक्ति÷संघसंस्थासंग सार्वजनिक विषयमा कुनैपनि सम्झौता गर्दैनन् आचारसंहितामा हिड्छन् भन्ने सन्देश समाजमा दिनुपर्छ भन्ने बाटो तर्फ बढाउन पत्रकारको हरेक समस्यलाई समाधान तर्फ लैजान महासंघलाई संगै अगाडी बढाउने आफ्नो कार्ययोजना रहेको बताए ।

उनले हाल जिल्लामा महिला पत्रकारहरु पेशाबाट पलाएन भईरहेको अवस्था रहेको बताउँदै पत्रकारिता क्षेत्रमा टिकाईराख्ने वातावरण आफ्नो नेतृव्वको महासंघले काम गर्न कार्ययोजना तयार रहेको बताए । उनले हाल नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको जेष्ठ पत्रकार पेन्सन कोषको कार्यविधि बनाउन आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले हाल महासंघको आफ्नै भवन र पुस्तकालय रहेको बताउँदै त्यसलाई व्यवस्थित र मर्यादित गरेर महासंघलाई अगाडी बढाउनुको साथै संचारगृहहरु संग समन्वयकारी भूमिकामा रहँदै श्रमजीवि पत्रकारहरुको हकहितको लागि काम गर्न आफुलाई विजयी बनाउन सम्पूर्ण मकवानपुरका संचारकर्मीहरुलाई आग्रह गरे ।

भेलाले नेपाल पत्रकार महासंघको निर्वाचनमा गत निर्वाचनमा जस्तै चौतारीको नेतृत्वलाई विजयी गराउन अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको प्रेस चौतारी नेपाल,मकवानपुरका सह–संयोजक पुष्पराज अधिकारीले जानकारी दिए । सह–संयोजक अधिकारीले अध्यक्षको उम्मेदवारी तय गरेको बताउँदै अन्य पदबारे भने केही दिनमै टुङ्गो लगाइने बताए । भेला तथा बैठक प्रेस चौतारी नेपाल, मकवानपुर शाखाका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको हो ।

स्रोत : खबरब्रेक डट कम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*