नारी दिवश सप्ताह : मकरिमा महिलाहरुको “भिआइए” शिविर

“अहिले पनि महिला माथी अपमान तथा अपशब्द प्रयोग गरि दबाएर राख्ने प्रवृत्ती कायम छ” उहाँले थप्नुभयो ,”महिलाकै गर्भवाट जन्मिएर आज तिनै महिला माथी अन्याय र अत्याचार गर्छन” ।
विकल्प चौलागाईं
२५ फाल्गुन २०७७, मंगलवार १६:०५

मनहरी गाउँपालिका वडा न १ मकरिमा “भिआइए” शिविर सम्पन्न भएको छ । गाउँपालिकाद्वारा फाल्गुन २२ गते देखि सुरु गरिएको नारी दिवश सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार मकरिस्थित स्वास्थ्यचौकिमा “भिआइए” परिक्षण गरिएको हो । ३० वर्ष देखि ६० वर्ष उमेर समुहका महिलाहरुको स्तन र पाठेघरमा हुने क्यान्सरको परिक्षणका लागि उक्त शिविरको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष मनिला विष्टले बताउनुभयो ।

शिविरमा बोल्दै उपाध्यक्ष विष्ट :

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी उपाध्यक्ष विष्टले श्रमजिवी महिलाहरुको हक र अधिकारको विषयमा स्पष्ट पार्नुभयो । वर्षको १ दिन मात्र नारी दिवश मनाएर ३६४ दिन महिला माथी हुने हत्या ,हिंशा र शोषणको विरुद्ध चर्को आवाज उठाउनु पर्नेमा उहाँले जोड दिनुभयो । “अहिले पनि महिला माथी अपमान तथा अपशब्द प्रयोग गरि दबाएर राख्ने प्रवृत्ती कायम छ” उहाँले थप्नुभयो ,”महिलाकै गर्भवाट जन्मिएर आज तिनै महिला माथी अन्याय र अत्याचार गर्छन” । यस्ता पितृसत्तात्मक सोच र व्यक्तिलाइ जरै देखि उखेलेर नमिल्काए सम्म नारी दिवश मनाउनुको कुनै औचित्य नरहने उहाँको ठम्याइ छ ।

नारी मुक्ती बचत तथा ऋण सहकारी संस्थाले सहजिकरण गरेको उक्त कार्यक्रममा सहकारिकी अध्यक्ष देवकी ढुङ्गानाको सभाध्यक्षता रहेको थियो । शिविरमा १०० जना भन्दा बढी महिलाको भिआइए परिक्षण गरिएको थियो । गाउँपालीकाले महिलाहरुको भिआइए परिक्षणका लागी कुल ४ लाख ८० हजार बजेट विनियोजन भएको बताइएको छ । प्रत्येक वडालमाई रु ५५ हजार छुट्याइएको छ । महिलाहरुको स्वास्थ्यमा थप समस्या देखिए उपचार गर्न पनि समन्व्य गर्ने उपाध्यक्ष विष्टले बताउनुभयो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*