मनहरीमा मानव बेचविखन नियन्त्रणको अवश्था सम्बन्धि छलफल :

गाउँपालीका उपाध्यक्ष विष्टले मानव वेचवीखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि प्रशिक्षण कार्यक्रमले जनचेतना जगाउन प्रेरीत गरेको स्वीकार्नुभयो । उक्त कार्यक्रमले मानव वेचविखन विरुद्ध आवाज उठाउन र आम जनतालाई सचेत बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै शान्ती फाउन्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
मकवानपुर न्यूज
२० फाल्गुन २०७७, बिहीबार १५:४७

मनहरी गाउँपालीकामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको अवश्था सम्बन्धि विश्लेषण तथा छलफल कार्यक्रम सम्पन्न भएको । विहिबार गाउँपालीका कार्यलयमा आयोजीत उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँपालीका उपाध्यक्ष मनिला विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानव वेचविखन नियन्त्रणमा पालीकाको भुमिकाको विषयमा छलफल गरीएको थियो ।
केहि समय अघि मात्र मनहरीको सम्पुर्ण वडाहरुमा मानव वेचवीखन तथा ओसारपसार नियन्त्रणमा स्थानीयको भुमिकाको विषयमा प्रशिक्षण दिइएको थियो । शान्ती फाउन्डेशनद्धारा आयोजीत उक्त प्रशिक्षणको प्रतिफल मुल्याङ्कनको लागी विश्लेषण तथा छलफलको आयोजना गरीएको फाउन्डेशनका प्रतिनिधी नवराज सापकोटाले बताउनुभयो । प्रत्येक वडाका जनप्रतिनिधी तथा विभीन्न संघ संस्थाका पदाधीकारी लगायत स्थानीयलाई समेत सो कार्यक्रममा सहभागीता गराईएको सापकोटाको भनाई छ ।
यता गाउँपालीका उपाध्यक्ष विष्टले मानव वेचवीखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि प्रशिक्षण कार्यक्रमले जनचेतना जगाउन प्रेरीत गरेको स्वीकार्नुभयो । उक्त कार्यक्रमले मानव वेचविखन विरुद्ध आवाज उठाउन र आम जनतालाई सचेत बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै शान्ती फाउन्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको प्रभावले आगामी दिनमा मानव रहित गाउँपालीका निर्माण गर्न ठुलो सहयोग पुग्ने उहाँको विश्वास छ ।
कार्यक्रममा मानव बेचविखन नियन्त्रण अभियानका अभियान्ता , इलाका प्रहरी कार्यालय नेवारपानीका प्रतिनिधी , विभीन्न संघ संस्थाका पदाधीकारीहरु लगायतको उपश्थीती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*