मनहरीमा स्थानीयद्धारा कर्मचारीमाथी हातपात , शुरक्षाको माग गर्दै पेन डाउन :

पिडित कर्मचारीले गोपनियताको हक प्रयोग गर्दै आफ्नो परिचय नखुलाउन आग्रह गरेका छन् ।
विकल्प चौलागाईं
१३ फाल्गुन २०७७, बिहीबार १८:४६

पेन डाउन :पेन डाउन :पेन डाउन :पेन डाउन :

मनहरी गाउँपालीकाका एक कर्मचारीमाथी हातपात भएको छ । मनहरी गाउँपालीकाको एक वडा कार्यालयका सचिवमाथी स्थानीय युवाले हातपात गरेका हुन् । कार्यालय समयमा योजनाको सिफारीसका लागी गएका युवाले वडा सचिवलाई हातपात गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पिडित सचिवका अनुसार कार्यालयमा ती युवाले सिफारीसको माग गरेका थिए । तर आफुलाई सो विषयमा थाहा नभएको र योजना शाखासँग समन्वय गरी समस्या समाधान गरीदिने बताएपछि एकाएक ति युवाले हात उठाएको उनको भनाई छ । आफुमाथी हातपात भएपछि वडा सचिवले गाउँपालीकाका प्रमुख प्रसासकिय अधिकृत देवराज चौलागाईंलाई जानकारी गराएका थिए । जानकारी पश्चात प्र.प्र.अ चौलागाईं सहितको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कर्मचारीको शुरक्षा र दोषीलाई कानुनी कारवाहिको माग गर्दै ध्यानाकर्षण गराएका हुन् ।

कर्मचारीहरुले गरे पेन डाउन :
विहिवार गाउँपालीकाका सम्पुर्ण कर्मचारीहरुले पेन डाउन गरेका छन् । कर्मचारीहरुले व्यक्तिगत शुरक्षाको माग गर्दै पेन डाउन गरेका हु्न् । दोषिलाई कारवाहि नभएसम्म र आफुहरुले स्वतन्त्र रुपमा काम गर्ने वातावरण नमिलेसम्म पेन डाउन गरीने कर्मचारीहरुले बताएका छन् ।


जनप्रतिनीधी र कर्मचारीहरुको आकष्मीक बैठक :
विहिवार प्रमुख प्रसासकिय अधिकृत सहित सम्पुर्ण कर्मचारीहरुले गाउँपालीका उपाध्यक्षसँग आकष्मीक वैठक बसी समस्याको समाधान गर्न माग गरेका छन् । उपाध्यक्ष विष्टले उक्त वडाका जनप्रतिनिधीसँग समन्वय गरी कर्मचारीलाई निर्धक्क काम गर्ने वातावरण मिलाईने बताउनुभयो । आवश्यकता अनुसार शुरक्षाकर्मीको सहयोग लिएर भएपनि प्रकृया अघि बढाइने उहाँको भनाई छ ।

यता पिडित कर्मचारीले गोपनियताको हक प्रयोग गर्दै आफ्नो परिचय नखुलाउन आग्रह गरेका छन् । हातपात गर्ने स्थानीय युवा भने अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रशासनले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*