मनहरिमा अपाङ्ग ब्यक्तिहरुलाइ “व्हिल चेयर” वितरण : Makawanpur News

कुल १७ ओटा “व्हिल चेयर”को आवश्यक्ता छ मनहरिमा , आज ४ ओटा वितरण गर्यौँ ,भोलि ६ ओटा गर्नेछौँ ,बाँकी ७ ओटा पनि छिट्टै अन्य संघ संस्थासङ्ग समन्वय गरि वितरण गर्नेछौँ” ।
विकल्प चौलागाईं
१३ फाल्गुन २०७७, बिहीबार १७:५५

मनहरि गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाइ “व्हिल चेयर” वितरण गरिएको छ । केही समय अघि मात्रै अपाङ्गता परिचयपत्र वितरण गरिएको अपाङ्ग व्यक्तिहरुलाइ आज “व्हिल चेयर” वितरण गरिएको हो । राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज ,अनामनगर काठमाण्डौको सहयोग र अपाङ्ग स्वावलम्वी जीवन पद्धति केन्द्र नेपालको सहजिकरणमा ४ थान “व्हिल चेयर” निशुल्क वितरण गरिएको केन्द्रका अध्यक्ष दिल बहादुर स्याङ्तानले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाको प्रतिनिधित्व गर्दै उपाध्यक्ष मनिला विष्टले सहयोगी संस्थालाइ धन्यवाद व्यक्त गर्नुभयो । सबैलाइ आवश्यक समग्री वितरण गर्न गाउँपालिकालाइ आर्थिक अभाव भएकाले यसरी नै संघ संस्थाको सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ । साथै उहाँले गाउँपालिकामा अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल निर्माण सम्पन्न संरचनालाइ पनि सम्भव भएसम्म परिमार्जन गरि अपाङ्गमैत्री बनाउने उहाले जिकिर गर्नुभयो ।

यता कार्यक्रमका सभाध्यक्ष समेत रहेका अपाङ्ग स्वावलम्वी जीवन पद्धति केन्द्र नेपालका अध्यक्ष स्याङ्तानले मनहरिमा अपांगता भएका व्यक्तिहरुलाइ आवश्यक सामाग्री वितरण गर्न आफुले सक्दो पहल गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो ,” कुल १७ ओटा “व्हिल चेयर”को आवश्यक्ता छ मनहरिमा , आज ४ ओटा वितरण गर्यौँ ,भोलि ६ ओटा गर्नेछौँ ,बाँकी ७ ओटा पनि छिट्टै अन्य संघ संस्थासङ्ग समन्वय गरि वितरण गर्नेछौँ” ।

मनहरी गाउँपालिकाको कार्यालय अगाडि भएको कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*