”जनाजातीले भेटेनन् कतै-कुनै आधार , उता बाढिले लखेट्यो , यता स्वीकार्दैन सरकार” : MAKWANPUR NEWS

मध्यर्ती क्षेत्रभित्र पर्ने भएकाले उक्त स्थानमा आधिकारीक बसोबास गर्न नपाइने नेपालको कानुनले भन्छ । पर्सा राष्ट्रिय निकुञ्जले उक्त वस्ती खाली गर्न बारम्बार चेतावनी पनि दिँदै आएको छ । तर अब यहाँ बाट जाने कहाँ ? भन्ने प्रश्नले सधैव मन खिन्न बनाउँछ भन्दै गुनासो गर्छन स्थानीय ।
विकल्प चौलागाईं
१६ माघ २०७७, शुक्रबार ०७:०५

”पानि बिनाको माछा झैँ भाछ हजुर जिन्दगी , कुन बेला मरिन्छ त्रासै त्रासमा बाँच्नु परेको छ”, स्थानीयको दुखेसो थियो यो । मनहरी गाउँपालीका वडा न ४ को मुसेधाप बस्तीमा बसोबास गर्ने रामकुमार प्रजाले विभिन्न सरोकारवाला निकायका विच हात जोड्दै यस्तो गुनासो गरे । बुधबार उक्त क्षेत्रमा अनुगमनमा गएका राष्ट्रिय पुननिर्माण प्राधिकरणको टोली ,जिल्ला समन्वय समितिका प्रमुख , प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष लगायत निकुञ्जका प्रतिनिधीहरुसँगै उनीहरुले यस्तो बिन्ती बिसाए ।

वास्तवमा आज भन्दा करीब ३ वर्ष अघि उनीहरु उक्त बस्तीमा आएका थिए । २०७४ साल श्रावण महिनाको २८-२९ मा आएको ठुलो वर्षाका कारण विस्तापित भएका ३५३ घरधुरी मध्ये १४३ परिवार मुसेधाप वस्तीमा बास खोज्दै भौतारीदै आएका थिए । चुरेक्षेत्रको लाम्पाखा, चुवारपाखा, अजिंगरे, चिसापानीलगायत बस्तीका उनीहरु घरबार विहिन भइ सो स्थानमा अवैध बसोबास गर्दै आएका हुन् । पहिलेको स्थानमा भोगचलन गर्दै आएको करिब ९० हेक्टर क्षेत्रफलको जग्गा छोडेर यहाँ मध्यवर्ती क्षेत्रको ७-८ हेक्टर क्षेत्रफलको जग्गा उपभोग गर्दै आएका छन् ।

बसाइ त उनिहरुलाइ क्षेत्रफल र शुवीधाको हिसाबले पहिलेकै वस्ती ठिक थियो । तर बाढिले लखेटिहाल्यो , एक बस्ती मानीसको हरीविजोग भयो , सबै अन्यत्र लाखा पाखा लागे , हामीलाइ भने कर्मले डोर्याउँदै यहाँ ल्याइपुर्यायो स्थानीयले गुनासो गरे ।

हुन पनि यहाँ उनिहरुलाइ दैनिक गुजारा गर्न साह्रै गाह्रो छ । पहिले त बाढिले मात्र लखेट्यो , यहाँ बेलाबेला वन्यजन्तुहरुले पनि खेद्छन् । अझ त्यसमाथी खजुरो , अजिङ्गर तथा सर्पदंशको पनि उत्तिकै त्रासका बिच उनिहरु जिवीका चलाउँदैछन् । मौसम परिवर्तनको बेलामा त झन् स्थानीयहरु झाडापखाला आदि रोगबाट लखतरान हुन्छन् । त्यसबेलामा शिविरनै स्थापना गर्दै आएको बताउँछन् गाउँपालीका प्रमुख एकराज उप्रेती । उनले थपे , ”हामी यीनको समस्या समाधान गर्न यत्रो समयदेखि प्रयास गर्दैछौँ , कतिपल्ट मन्त्रालय धायौं ,कति सरोकारवालाहरुलाइ घच्घचायौँ तर सुनुवाइ कतै बाट भएन ”। गाउँपालीकाले करिब २ वर्षदेखि प्रत्येक साल उक्त वस्ती व्यवस्थापनको लागी ५० लाखको वजेट विनियोजन गर्दै आएको छ । तर हरेक साल वजेट फ्रिज भएर जान्छ तर सदुपयोग गर्न सकिँदैन ।

वास्तवमा मध्यर्ती क्षेत्रभित्र पर्ने भएकाले उक्त स्थानमा आधिकारीक बसोबास गर्न नपाइने नेपालको कानुनले भन्छ । पर्सा राष्ट्रिय निकुञ्जले उक्त वस्ती खाली गर्न बारम्बार चेतावनी पनि दिँदै आएको छ । तर अब यहाँ बाट जाने कहाँ ? भन्ने प्रश्नले सधैव मन खिन्न बनाउँछ भन्दै गुनासो गर्छन स्थानीय ।

हामीलाई बाँचुञ्जेल यहाँ बस्न दिए पुग्छ । पछि छोरानातीहरुले आफ्नो सुर गर्लान् । बसाइ मात्र व्यवस्थीत गरिदिए हामी दुखिको आशिर्वाद लाग्नेथियो सरकारलाइ भन्दै एक स्थानीयले आँशु झार्दै दुखेसो पोखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*