विकासको काममा युवाहरुको जोश , मनहरीमा समय अगावै तटबन्ध निर्माण सम्पन्न : Makwanpur News

गाउँपालीका अध्यक्ष एकराज उप्रेती र खेलकुद विकास समिती अध्यक्ष नविन सुवेदिको पहलमा शिद्धकाली सिमलताल ड्याम निर्माण उपभोक्ता समितीले उक्त कार्य सम्पन्न गरेको हो । २९ लाख ६७ हजार ९ सय ६३ रुपयाको लागतमा निर्माण भएको उक्त ड्यामका लागी प्रदेश सरकारबाट २२ लाख ४८ हजार ९ सय ८० रुपयाँ प्राप्त भएको समितीका अध्यक्ष समिर तामांङले जानकारी दिनुभयो ।
विकल्प चौलागाईं
७ माघ २०७७, बुधबार २०:५८

विकास निर्माणको कार्यमा युवाहरुको सकृयता भए के नै असम्भव छ र ? भन्ने कुराको गतीलो उधाहरण मनहरीमा पाइयो । पश्चीम मकवानपुरको मनहरी गाउँपालीकाका युवाहरु पछिल्लो समय विकास निर्माणको कार्यमा चनाखो बनेका छन् । कतीपय स्थानमा टोल विकासको काम गर्न सरकारले खर्च गर्छु भन्दा पनि जनशक्ति अभावमा कामहरु ओझेल पर्छन् । तर मनहरी गाउँपालीका वडा न ३ का युवाहरुले भने विकास निर्माणको काम गर्न अग्रसरता मात्र देखाएनन् , तोकिएको समय भन्दा अघिनै काम सम्पन्न गरेर उद्घाटन पनी गरिदिए ।
वर्षायाममा रातभर आनन्दले सुत्न सक्दैनन् स्थानीय :

विगत केहि वर्ष यता मनहरी ३ सीद्धकालीमा रहेको खहरे खोलाको कारण स्थानीय चिन्तीत बनेका थिए । प्रत्येक साल वर्षाको बेलामा आउने बाढिका कारण कैयौँ अधिकांश मानीसहरु मारमा थिए भने कैयौँको उठिबास समेत लागीसकेको थियो । हुनेखानीहरु त कुम्लो काम्लो बोकेर सुगम ठाउँतिर बसाइ सरी गए । तर दलित जनाजाती तथा सिमान्तकृत आम मानीसहरु भने वर्षेनी आउने बाढिको सामना गर्दै सरकारको आश गर्न थाले । स्थानीय गाउँपालीकाको सिमीत वजेटको भरथेगले मात्र उक्त स्थानलाइ पुगेन । गाउँपालीका अध्यक्ष एकराज उप्रेती भन्छन् , “हाम्रो पालीकामा यस्ता टालटुल गर्नुपर्ने ठाउँ धेरै छन् । तर आम्दानी स्रोत थोरै मात्र छ । सकेसम्म त टाल्ने कोशिश गरेकै हौँ । तर स्थायीरुपले समस्याको सामाधान भने हुन सकेन । “

विगतका कामहरु बालुवामा पानी बगाएझैँ :

हुन पनी करिब २ वर्ष अघि मात्रै गाउँपालीकाले कैयौँ खर्च गरेर उक्त स्थानमा ड्याम निर्माण गर्यो । तर निर्माण कार्य गर्ने जिम्मा पाएको समीतीले आखामा छारो हाल्ने काम मात्रै गर्यो भन्ने स्थानीयको आक्रोश छ । “तल पटि माटोको ढिस्को राखी , माथी पटि ढुङ्गा ,बाहिर बाट जालीले बारबेर गरे , पछि खोलो आएर तल माटोको ढिस्को बगाएर लग्यो ,जाली र ढुङ्गो त उहि खोलामा मिलेर गयो ” ,एक स्थानीयले सुनाए ।

२९ लाखको लागतमा २ सय मिटर लामो ड्याम निर्माण :

हाल आएर बाग्मती प्रदेश सरकारको सहयोगमा उक्त स्थानमा २ सय मिटर लामो ड्याम निर्माण भएको छ । बाग्मती प्रदेशको वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरेको जलाधार संरक्षण कार्यक्रम अन्तर्गत खहरे खोला नियन्त्रणको शिर्षकमा उक्त २ सय मिटरको ड्याम निर्माण भएको हो । गाउँपालीका अध्यक्ष एकराज उप्रेती र खेलकुद विकास समिती अध्यक्ष नविन सुवेदिको पहलमा शिद्धकाली सिमलताल ड्याम निर्माण उपभोक्ता समितीले उक्त कार्य सम्पन्न गरेको हो । २९ लाख ६७ हजार ९ सय ६३ रुपयाको लागतमा निर्माण भएको उक्त ड्यामका लागी प्रदेश सरकारबाट २२ लाख ४८ हजार ९ सय ८० रुपयाँ प्राप्त भएको समितीका अध्यक्ष समिर तामांङले जानकारी दिनुभयो । २ महिनामा सम्पन्न गरीसक्नुपर्ने भनी गरीएको सम्झौता अनुरुप मंसिर २३ गते बाट सुरु भएको काम माघ २३ सम्म समय थियो । तर युवाको नेतृत्व रहेको उक्त समितीले १६ दिन अगावै अर्थात माघ ७ गतेनै निर्माण सम्पन्न गरी उद्घाटन समेत गरेको हो । यस कार्यले करिब ३० घरधुुरी लाभान्वित हुने र ५० विगाहा भन्दा बढि खेतीयोग्य जमिन संरक्षण हुने सर्वेक्षणले देखाएको छ ।

डेढ कि.मी सम्मको ड्याम आवश्यकता , आउँदो बर्षहरुमा सम्पन्न गर्ने प्रतिबद्धता :

उक्त स्थानमा करिब डेढ कि.मी को ड्याम अझै पनि आवश्यकता रहेको स्थानीय युवा बुद्धरत्न स्याङ्तानले जानकारी दिएका छन् । उनले भने , यो ड्यामले पिडीतलाइ केहि हद सम्म राहत मिलेपनि करिब डेढ कि.मी ड्याम अझै थप्नुपर्छ । एकैचोटि नभएपनि बिस्तारै यस कार्यलाइ निरन्तरता दिन उहाँले उक्त समितीलाइ आग्रह पनि गर्नुभयो । यता समितीका अध्यक्ष समिर तामाङले आगामी दिनमा सहयोग जुट्न सके अझै थपीने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , ” यो त सुरुवात मात्र हो । आगामी दिनमा केन्द्र सम्म समोन्वय गरेर भएपनि यो कार्यलाइ सम्पन्न गरेरै छाड्छु ।” साथै उहाँले यस कार्यमा मद्दत पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*