मनहरीमा बढ्यो वन्यजन्तु आतङ्क , नियन्त्रणका लागी मोसन क्यामेरा जडान :

बाघको आक्रमणबाट केहि दिन अघि स्थानीय इश्वर राईको भैँसी र अर्का किसानको गाइबाख्रा मारेको जानकारी प्राप्त भएको छ ।
विकल्प चौलागाईं
५ माघ २०७७, सोमबार ११:०८

वन्यजन्तु आतङ्कले स्थानीय त्रसीत :

मनहरी गाउँपालीकामा पछिल्लो समय वन्यजन्तुको सन्त्रास बढेको छ । मकवानपुरको पश्चिम भेगमा अवस्थीत मनहरी गाउँपालीकामा हात्ती र बाघको सन्त्रास बढेको हो । केहि दिन यता वडा न ५ डिल्लीपुरमा हात्तीले ७ वटा घरमा क्षती पुर्याएपछि स्थानीय बासीन्दा त्रसीत बनेका छन् । हात्तीले रातको समयमा स्थानीयको घरमा राखिएको खाद्यान्नमा क्षती पुर्याउने गरेको र घर समेत तोडफोड गरेको स्थानीयको गुनासो छ ।
यस वर्षदेखि मनहरी गाउँपालीकामा बाघ समेत देखा पर्न थालेको छ । वडा न ७ को बगर क्षेत्र र रमाली गाउँको आसपासका मध्यवर्ति क्षेत्रमा बाघ देखा परेको हो । बाघको आक्रमणबाट केहि दिन अघि स्थानीय इश्वर राईको भैँसी र अर्का किसानको गाइबाख्रा मारेको जानकारी प्राप्त भएको छ ।
यता पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तु नियन्त्रणका लागी हरसम्भव प्रयास गरीरहेको जानकारी दिएको छ । रातको समयमा शुरक्षा व्यवस्था कडा पारीएको र दिनमा पनि मध्यवर्ती क्षेत्रमा आवतजावत निषेधीत गरीएको निकुञ्जका पदमपोखरी सेक्टर कार्यालय प्रमुख अजय यादवले जानकारी दिनुभयो । वन्ययजन्तुले पुर्याएको क्षतीको भने निकुञ्जले मुआव्जा वितरण गर्ने प्रमुख यादवको भनाइ छ । क्षतीको मुचुल्का उठाइ सकिएको तर वडा र गाउँपालीका बाट सिफरीस आउन भने बाँकि रहेको उहाँले बताउनुभयो ।

निषेधित क्षेत्रमा भएको क्षती निकुञ्जले व्यहोर्दैन : प्रमुख यादव

यद्यपी मध्यवर्ति क्षेत्र तथा निकुञ्जले निशेध गरेको क्षेत्रमा गाइवस्तु चराउन जाँदा बाघले गरेको आक्रमणको भने स्वयम नै जिम्मेवार रहनुपर्ने उहाँको ठहर छ । प्रमुख यादवले भन्नुभयो , ” निकुञ्जले कोर एरीया भनेर निषेधित गरेको केहि स्थानहरु छन् । जहाँ पुर्णतया आवतजावतमा रोक लगाइएको छ । अति आवश्यक परे निकुञ्जले दिएको पाश लिएर मात्र प्रवेश गर्न पाइन्छ । त्यस्ता क्षेत्रमा वन्यजन्तुको खतरा बढि भएरनै हामीले निषेध गरेका हौँ ।” उहाँले थप्नुभयो , “उक्त क्षेत्रमा वन्यजन्तुले गरेको क्षतीको जवाफदेहि निकुञ्ज हुने छैन भनी कानुनमै उल्लेख गरीएको छ ।”

मोसन क्यामेरा जडान गर्दे निकुञ्जको टोली

मोसन क्यामेरा जडान गर्दे निकुञ्जको टोली

मनहरी ७ मा मोसन क्यामेरा जडान :

आइतबार निकुञ्जले वन्यजन्तु आवतजावत बढेको भनीएको (कोर एरीयामा) मोसन क्यामेरा जडान गरेको छ । वरपर हलचलको अवश्था समेत उक्त क्यामेराले कैद गर्ने भएकोले राष्ट्रिय प्राकृतिक संरक्षण कोष र जेड एस एल को सहयोगमा मोसन क्यामेरा जडान गरीएको प्रमुख यादवले जानकारी दिनुभयो । मनहरी गाउँपालीका वडा न ७ प्रतापपुरमा रहेको निकुञ्जको प्रतापपुर पोष्टले २ वटा मोसन क्यामेरा जडान गरेको उहाँले बताउनुभयो । हाललाइ एक हप्ता सम्म परिक्षणको क्रममा उक्त क्यामेरा जडान गरीएको उहाँको भनाइ छ । यसको प्रभावकारीता मापन गरी आवश्यकता अनुसार थप गर्दै लैजाने योजना रहेको यादवले जिकीर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*