महेन्द्र ज्योती मावीमा प्रशिक्षक थापाद्धारा भिडियो अन्तरक्रियात्मक कार्यक्रम

मकवानपुर न्यूज
२८ पुष २०७७, मंगलवार १९:०७

महेन्द्र ज्योति माध्यमिक विद्यालयमा सामाजीक विषयको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मनहरी गाउँपालीका वडा न ३ हाँडिखोलामा रहेको उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक विषयको प्रशिक्षण समपन्न भएको हो । कार्यक्रमको सहजीकरण लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहि देश तथा विदेशमा समेत ख्याती प्राप्त गर्न सफल प्रशिक्षक विवश जंग थापाले गर्नु भएको थियो । प्रशिक्षणमा थापाले अफ्रिका , अमेरीका लगायत सम्पन्न मुलुकका शिक्षक तथा विद्यार्थीहरुसँग प्रशिक्षर्थीहरुलाई सामाजीक विषयमा अन्तरकृया समेत गराउनुभयो । विद्युतीय सामाजीक सञ्जाल इन्टरनेट मार्फत गरीएको उक्त अन्तरकृयामा सु सम्पन्न मुलुकको शैक्षीक प्रणाली , सामाजीक अवश्था तथा भौगोलीक अवश्थाको जानकारी समेत गराइएको प्रशिक्षक थापाले बताउनुभयो ।

उक्त प्रशिक्षक कार्यक्रम महेन्द्र ज्योती माध्यमीक विद्यालयका सहायक प्राधानाध्यापक विदुर विक्रम थापाको संयोजकत्वमा सम्पन्न भएको थियो । प्रशिक्षणमा कक्षा ९ र १० का करीब ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*