मनहरीमा उपप्रमुखको कार्यकक्ष तोडफोड , सत्यतथ्य छानविन गर्न प्रशासनलाइ आदेश :

मकवानपुर न्यूज
२२ पुष २०७७, बुधबार ०९:३५

मनहरी गाउँपालीकाको गाउँ कार्यपालीको कार्यालय भवनभित्र तोडफोड भएको छ । भवनभित्रको उपप्रमुखको कार्यकक्षमा तोडफोड भएको हो । केहिदिन यता मनहरी गाउँपालीकामा उपाध्यक्ष मनिला विष्टको राजीनामा विषयमा चर्चा चलीरहेको बेला मंगलबार उनको कार्यकक्षमै तोडफोड भएको छ । उपाध्यक्ष विष्टले आफ्नो महत्वपुर्ण कागजात र प्रमाणपत्रहरुको सुरक्षाको विषयमा चिन्ता व्यक्त गरेकि छिन् । आफुमाथी गाउँपालीका अध्यक्षबाटै षड्यन्त्र भएको उनको दावी छ । उनले भनेकि छिन् यस घटनामा अध्यक्षज्युले किन चासो देखाउनुभएन ? उपाध्यक्ष विष्टको अनुसार उनको कार्यकक्ष बाहिर राखिएको बोर्ड र उनको डेस्कमा रहेको नेमप्लेट समेट हटाइएको छ । साथसाथै उनले प्रयोग गरीरहेको सवारी साधन समेत सोमबार नै हटाइएको जानकारी दिए ।

यता यस विषयमा गाउँपालीकाका प्रमुख प्रसासकिय अधिकृत देवराज चौलागाईंसँग जानकारी लिँदा अध्यक्ष एकराज उप्रेतीको निर्देशन अनुसार नेमप्लेट र बोर्ड हटाइएको बताएका छन् । अन्य विषयमा भने आफुपनि जानकार नभएको उनको भनाइ छ । उनले भने , कार्यालयमा सो घटना घटेको दिन अध्यक्षज्यु सँगै हामी मनहरी ३ लामीटारको सभाहलमा कार्यपालीका बैठकमा व्यस्त थियौं । विहान ११ः३० देखि साँझ ६ः३० सम्म त्यतै भयौँ । त्यसैले त्यसदिनको घटना हामीले थाहा पाएनौँ । पछि उपाध्यक्षज्युले फोनमा सोध्दा नेमप्लेट र बोर्ड चाहिँ आफुहरुले हटाएको जानकारी दिएँ । त्यसबाहेक तोडफोठ सम्बन्घि हामीलाइ पनि थाहा छैन । उहाँले थप्नुभयो , यसरी कार्यालयमा तोडफोड हुनु हाम्रो पनि सरोकारको विषय हो त्यसैले कार्यालयमा जडान भएको सिसि क्यामेरा हेरी यस विषयमा कारवाहि अघि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै गाउँपालीका अध्यक्ष एकराज उप्रेतीले पनि यस विषयमा आफु अनविज्ञ रहेको जानकारी दिएका छन् । आफु नभएपनि सिसि क्यामेराले यस घटनाको सत्य तथ्य पत्ता लगाउन मद्धत पुग्ने भन्दै यसको छानविन गर्न जिल्ला प्रसासन कार्यालय मकवानपुरलाइ निर्देशन दिइएको उहाँको भनाइ छ ।

गत मंसिर २९ गते उपाध्यक्ष विष्टले गाउँपालिका अध्यक्ष एकराज उप्रेतिलाई संवोधन गरेर राजिनामा बुझाएकि थिईन् भने गाउँपालिकाले उनको राजिनामा पुस १७ गते स्विकृत गरेको थियो । तर विष्टले आफुले राजिनामा नदिएको र आफुलाई फसाउन खोजिएको आरोप लगाएकि छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*