मनहरी तेस्रो अध्यक्ष कप फुटबलमा ३ न वडाको सानदार जित

मकवानपुर न्यूज
५ पुष २०७७, आईतवार ०३:२७

मकवानपुरको मनहरीमा आज सम्पन्न तेस्रो मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी वडा नंबर ३ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा वडा नंबर ७ लाई ट्राईब्रेकरमा ५-४ गोल अन्नतरले हराउँदै वडा नंबर ३ उपाधी हात पार्न सफल भएको हो ।

खेलको ६३ औं मिनटमा वडा नंबर ७ को एक खेलाडीले आत्मघाती गोल गरेपछि वडा नंबर ३ एक गोल अन्तर अघि बढेको थियो । निकै रोमाञ्चक खेलको खेलको अतिरिक्त समयमा वडा नंबर ७ का रविन खड्काले गोल गर्दै टिमलाई बराबरीमा फर्काएका थिए । तर टाईब्रेकरमा वडा नंबर ३ संग पराजित भयो।

उपाधी हात पारेको वडा नंबर ३ ले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम वडा नंबर ७ ले नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट किपर वडा नंबर ३ का आषिश मोक्तान,डिफेण्डर वडा नंबर ७ का सुदिप सापकोटा,मिडफिल्डर वडा नंबर ७ का रविन खड्का,फरवार्ड वडा नंबर सञ्जिव बल र सवोत्कृष्ट खेलाडी वडा नंबर ३ का सुनिल रुम्बा भए । उनीहरुले नगद ५ हजार तथा शिल्ड, मेडल प्राप्त गरे । यसैगरि प्रतियोगितामा उदयमान खेलाडी वडा नंबर ४ का विशाल प्रजा भएका छन् ।

प्रतियोगितामा मनहरी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि एकराज उप्रेती, प्रमुख प्रसासकिय अधिकृत देवराज चौलागाइँ , मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नविन सुवेदी तथा अन्य वडाका वडा अध्यक्षहरु सहित जनप्रतिनिधिहरुले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*