मनहरी अध्यक्ष कपमा वडा न ४ लाइ पराजीत गर्दै ७ फाइनलमा :

अब फाइनल खेल यहि पुस ४ गते शनिबार ,सेमिफाइनल विजेता वडा न ३ र वडा न ७ को रोमान्चक भिडन्त हुने मनहरी खेलकुद विकास समितीका अध्यक्ष नविन सुवेदिले जानकारी दिनुभयो
विकल्प चौलागाईं
२ पुष २०७७, बिहीबार १९:१२

मनहरीमा जारी तेस्रो अध्यक्ष कप फुटवलमा वडा न ७ फाइनलमा प्रवेश गरेको छ । मनहरी गाउँपालीका वडा न ७ रमौली स्थीत मदन भण्डारी क्षेत्रीय रंगशालामा जारी तेस्रो अध्यक्ष कप फुटवलमा वडा न ४ लाइ पराजीत गर्दै वडा न ७ फाइनलमा प्रवेश गरेको हो । विहिबार भएको उक्त सेमिफाइनल खेलमा वडा न ४ विरुद्ध २…० गोल अन्तरको जित निकाल्दै वडा न ७ ले फाइनल खेल्ने पक्का गरेको हो ।

वडा न ७ का लागी पहिलो गोल मिलन स्याङ्तानले गरेका थीए भने दोस्रो गोल मनिस पौडेलले गरेका थिए । आज खेलको म्यान अफ दि म्याच वडा न ४ का उज्जवल विष्ट घोषीत भएका हुन् । उनले कार्यक्रमका प्रमुख अतिथी गाउँपालीका उपाध्यक्ष मनिला विष्टको हातबाट म्यान अफ दि म्याचको ट्रफी प्राप्त गरेका हुन् ।

अब फाइनल खेल यहि पुस ४ गते शनिबार हुने कार्यक्रमका सभाध्यक्ष मनहरी खेलकुद विकास समितीका अध्यक्ष नविन सुवेदिले जानकारी दिनुभयो । सो खेलमा यस अघिका सेमिफाइनल विजेता वडा न ३ र वडा न ७ को रोमान्चक भिडन्त हुने सुवेदिले बताउनुभयो । यहि ४ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद एकलाख र उपबिजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । मनहरी गाउँपालिकाको आयोजना एवम् खेलकुद विकास समिति मनहरीको संयोजनमा भैरहेको प्रतियोगितामा मनहरीका ९ वटा वडाको सहभागिता रहेको छ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको सुबेदीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*