मनहरीमा तेस्रो अध्यक्ष कप फुुटबलको तयारी तिब्र , २७ गतेदेखि सुरु हुने आयोजकको भनाई

खेलाडिहरुलाइ उर्जा प्रदान गर्ने , एकापसमा मित्रभाव कायम गर्ने र व्यवसायिक फुुटबल खेलाडिको छनोट गरी उच्च स्तरीय खेलमा समेत सहभागी गराउने उदेश्यले उक्त प्रतियोगीता आयोजना गरीएको अध्यक्ष नवीन सुवेदिले जानकारी दिनुुभयो
मकवानपुर न्यूज
१९ मंसिर २०७७, शुक्रबार १७:४८

पश्चीम मकवानपुुरको मनहरी गाउँपालीकामा अध्यक्ष कप फुुटबल प्रतीयोगीता हुुने भएको छ । विगत दुुइ वर्षदेखि सन्चालन हुँदै आइरहेको गाउँपालीका स्तरीय फुटबल प्रतियोगीताले यस वर्ष पनि निरन्तरता पाउने भएको हो । यहि मंसीर २७ गतेदेखि हुने भनीएको फुटबल प्रतियोगीता मनहरी गाउँपालीका वडा न ७ स्थीत मदन भण्डारी क्षेत्रीय रंगशालामा संचालन हुने आज एक पत्रकार सम्मेलन मार्फत गाउँपालीका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो ,” युुवाहरुको खेलकुुद क्षेत्रमा सक्रृयता देखेर हामीले यो प्रतियोगीतालाइ प्राथमीकतामा राखेका छौँ ”। साथै उहाँले विगतमाझैँ हर्षोल्लासका साथ सहभागीता जनाउन सबैमा अपिल समेत गर्नुभयो ।

मनहरी गाउँपालीकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगीता गाउँपालीका स्तरीय खेलकुद विकास समितीले सन्चालन गर्ने समितीका अध्यक्ष नवीन सुवेदिले जानकारी दिनुुभयो । खेलाडिहरुलाइ उर्जा प्रदान गर्ने , एकापसमा मित्रभाव कायम गर्ने र व्यवसायिक फुुटबल खेलाडिको छनोट गरी उच्च स्तरीय खेलमा समेत सहभागी गराउने उदेश्यले उक्त प्रतियोगीता आयोजना गरीएको उहाँले बताउनुुभयो ।

उक्त खेलमा गाउँपालीकाका ९ वटै वडाबाट सिफारीस भएका टिम सहभागी रहनेछन् । खेलमा प्रथम हुुनेलाई नगद रु १ लाख र दिृत्तीय हुनेलाइ रु ५० हजार पुरस्कार सहित दुवै टिमलाइ शिल्ड र प्रमाणपत्र प्रदान गरीने आयोजक कमिटिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*